Logo

बजेट अघि अर्थमन्त्रीले व्यवसायी भेट्न मानेनन्, बाइपास गरेर बजेट ल्याउन खाेजिएकाेमा व्यवसायी रूष्ट



काठमाडौँ ३१ वैशाख : जति जति बजेट आउने समय नजिकिँदै छ,सरकार र व्यवसायी बीचको तिक्तता बढ्दै गएको छ। सरकारकारले व्यवसायीलाई ‘रेष्पोन्स’ नै नगरेपछि उनीहरूबिच तिक्तता बढ्दै गएको हो। यत्रो महामारीमा समेत अर्थमन्त्री युवराज खतिवडालेले अहिलेसम्म व्यवसायीलाई भेट नै दिएका छैनन्।

उनले यो महामारीमा व्यवसायीलाई पूर्ण रूपमा नजर अन्दाज गरिदिएपछि व्यवसायी अर्थमन्त्री र सरकारसँग रिसाएका हुन्।

कोरोना सङ्क्रमणको सुरुवातमा एक पटक व्यवसायीलाई थोरै समय दिएका अर्थमन्त्रीले त्यसपछि भेट नदिएकाे व्यवसायीकाे गुनासाे छ। पहिलो पटक राहत माग्न गएका व्यवसायीसँग उल्टै सरकारलाई सहयोग गर्न सुझाएका अर्थमन्त्रीले त्यसपछि व्यवसायीसँगकाे भेट नै दिन बन्द गरिदिएका छन्।

पहिले देखी नै व्यवसायीलाई नजर अन्दाज गर्ने आराेप लागेका अर्थमन्त्री केही लचिलो भएको महशुष गर्न थालेका व्यवसायी, पछिल्लो पटकको उनकाे क्रियाकलापले पुन भड्किएका छन्। व्यक्तिगत रूपमा मात्रै होइन, व्यवसायी हरूको कुनै पनि सङ्घ संस्थालाई भेटका लागि समय नै नदिएको नेपाल उद्योग वाणिज्य महासँघका एक सदस्यले मेराे लगानीलाइ बताए। ‘मुलुकमा यत्रो महामारी फैलिएको छ। उद्योग व्यवसाय पुरै ठप्प छन्। बजेट आउन केही समय बाँकी छ। तर अर्थमन्त्रीले कुनै पनि निजी क्षेत्रका प्रतिनिधिसँग भेट गर्न चाहेका छैनन् ‘उनले भने।

पछिल्लो समय व्यवसायीले पटक पटक अर्थमन्त्रीसँग भेट गर्ने समय माग्दै आएका छन्। तर किन भेट्ने समय नदिइएको भन्ने बारे कुनै स्पष्ट जबाफ समेत नदिइएको व्यवसायीहरूको गुनासो छ।

व्यवसायीका अनुसार यति बेला कोरोना र इकोरोना दुवैले देशलाई समस्या पार्दै लगेको छ। कोरोनाले मानवीय जीवन सुरक्षामै सङ्कट उत्पन्न गराएको छ भने इ-कोरोनाले अर्थात् (इकोनमिक एक्टिभिटि)नै ठप्प भएकाे छ। जसले गर्दा दुबैलाई सँगै लैजानु पर्ने व्यवसायीको भनाइ छ। किनकि देशको आर्थिक अवस्था बलियो छैन,जसले गर्दा रोगले भन्दा भोकले मानिस मर्न सक्ने भएकोले, इ कोरोना सँग समेत सँगै लड्नु पर्ने व्यवसायीको तर्क छ।

निजी क्षेत्रसँग सहकार्य नगरी सरकार एक्लै अघि बढ्न खोजेपछि व्यवसायी थप चिढिएका हुन्। सरकार एक्लैले समस्या पार लगाउन सक्ने स्थिति छैन। त्यसमा पनि निजी क्षेत्रलाई साथ नलिँदा कसरी समस्या समाधान हुन्छ ? उनीहरूको प्रश्न छ।

बजेट मार्फत कस्तो सम्बोधन गर्दा मुलुकले बिकराल परिस्थितिलाई पार लगाउन सक्छ भन्ने सुझाव अर्थ मन्त्रीलाई भेटेरै दिन खोजेका हुन्। हुन त उनीहरूले विभिन्न निकाय मार्फत अनौपचारिक रूपमा सुझाव नदिएका भने होइनन्। तर उनीहरू आफै भेटेर अर्थ मन्त्रीलाई सुझाव दिन चाहेका हुन्। सुझावसँगै उनीहरूले अर्थ मन्त्रीको धारणा समेत बुझ्न चाहेका छन्। अर्थ मन्त्रीको भाव बुझेर, आउने दिनमा अघि बढ्ने व्यवसायीहरूको योजना छ।

यसैपनि बजेट बनाउनु पूर्व अर्थ मन्त्रालयले सबै सँग परामर्श गर्ने गर्छ। उनीहरूका सुझावको आधारमा बजेट तर्जुमा गर्नु पर्ने नियम छ। तर यस पटक फरक अवस्था भएकोले झनै धेरै परामर्श गर्नु पर्ने अवस्था हो। तर यस्तो परिस्थितिमा व्यवसायीलाई भेटै नदिएर कस्तो बजेट सरकारले ल्याउन लागेको हो ? भन्ने विषयमा व्यवसायीको कौतुहलता बढेको हो।

सरकारले व्यवसायीलाई बाइपास गरेर बजेट ल्याए आगामी दिनमा निजी क्षेत्रले समेत सरकारलाई सहयोग गरिरहनु पर्ने बाध्यता नहुने ती सदस्यले चेतावनी दिए। ‘जब सरकारले बजेट पूर्व कुनै सल्लाह गर्दैन भने निजी क्षेत्रले सरकारलाई सहयोग गर्नैपर्छ भन्ने बाध्यता हुँदैन’। उनले भने।

त्यसैले बजेट पूर्व अर्थ मन्त्री युवराज खतिवडाले व्यवसायीहरूसँग प्रत्यक्ष भेट गरी सल्लाह गर्नु पर्ने उनीहरूको माग छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot