Logo

भारतमा अन्तर राज्य यात्रुबस सञ्चालनमा छुट दिने गरी लकडाउन थपियो, नेपालमा के असर पर्ला



एजेन्सी, ४ जेठ । भारतले मे महिनाभर लकडाउन थपेको छ । आज भारतको गृह मन्त्रालयले लकडाउन थप्ने निर्णय गरेको हो ।

भारतीय सञ्चार माध्यमहरुमा अनुसार त्यहाँको गृह मन्त्रालयले अन्तर राज्यमा सञ्चालन हुने यात्रुवाहक बसलाई छुट दिने निर्णय गरेको छ । तर, त्यसका लागि सम्बन्धित राज्यहरुको स्वीकृति लिनुपर्नेछ ।

खेल स्थलहरुलाई पनि गृह मन्त्रालयको अनुमति लिएर खोल्न दिइने भएको छ । तर, खेल स्थलहरुमा खेलाडीहरुले मात्र तालिम लिन पाउनेछन् ।

भारतमा लकडाउन खुकुलो गरी अन्तर राज्य यात्रुवाहक बस सञ्चालन गर्न दिइएपछि नेपालको सीमामा चाप बढ्नसक्ने देखिएको छ । नेपालीहरु लाखौंको संख्यामा भारतमा श्रम, व्यापार, अध्ययनलगायतका कामले पुग्ने गर्छन् ।

यसअघि भारतले रेलसेवा सञ्चालन गर्दा नेपालको सीमामा भींड बढेको थियो । भारतमा रेल चल्दा नेपालमा कोरोना भाइरसका संक्रमित संख्या बढेका थिए । आज कोरोना संक्रमित मृत बाँके घर भएका युवक पनि भारतबाट ३० वैशाखमा स्वदेश प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्