Logo

बजेट कार्यान्वयनमा प्रशस्त शंका छ : पूर्वअर्थमन्त्री कोइराला (भिडिओसहित)



काठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले हिजो ल्याएको बजेटले जनतालाई तत्का राहत नदिने बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्वअर्थमन्त्री कोइरालाले विषम परिस्थितिमा ल्याईएको बजेट पनि समयको प्राथमिकीकरणको साथमा आएकोले आफूलाई बजेट ठिकै लागेको सुनाए । शिथिल भएको अर्थतन्त्रलाई प्राणसञ्चार गरौंकी भनेर अर्थमन्त्री डा. युवराज खतिवडाले झिनो आशाको दियो बालेको उनको भनाई छ । पूर्नउत्थान र रोजगारीको लागि पनि बजेटमार्फत कार्यक्रम ल्याईएकोमा उनले बजेटको सकारात्मक पक्षमा दर्ज गरे ।



प्रतिक्रिया दिनुहोस्