Logo

हत्या गरी फरार पक्राउ



रौतहट, २६ जेठ । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति मुक्ति साह पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका हरिहरपुरका साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रतिवादी मोहम्मद अफताब आलम समेत भएको विष्फोटक पदार्थ, बम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका साहलाई उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot