Logo

नेपालमा कोरोना सक्रमितः महिलाभन्दा पुरुषको संख्या १२ गुणा बढी



काठमाडौ, २९ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्दा पुरुषको संख्या निकै बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी केलाउँदा पुरुषको तुलनामा महिलाको संक्रमित संख्या १२ गुणाले बढी छ ।

आज २ सय ५० जना संक्रमित थपिएका छन् । योसँगै महिलाको संक्रमित संख्या ३२९ पुगेको छ । संक्रमितमा पुरुष ९२.८७ प्रतिशत र महिला ७.१३ छन् ।

संक्रमित भई मृत्यु हुनेमा १५ जना छन् । जसमध्ये १२ पुरुष र ३ महिला छन् । महिलामा एकजना २ वर्षकी बालिका छिन् । मृत्यु हुनेमा पुरुष ८० प्रतिशत र महिला २० प्रतिशत छन् ।

यसरी हेर्दा नेपालमा महिलाको तुलनामा पुरुषलाई कोरोनाको संक्रमण धेरै बढी छ । तथ्यांकले महिलाभन्दा पुरुष संक्रमणको बढी जोखिममा परेको देखाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्