Logo

आज संविधान संशोधन विधेयक पारित हुँदै



काठमाडौं, जेठ ३१ । शनिबार बस्ने तय भएको प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको छ।

संसद सचिवालयका अनुसार, आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको जनाइएको छ ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।

संविधान संशोधनका पक्षमा विपक्षी पनि एकै ठाउँमा उभिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्