Logo

नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक राष्ट्रियसभाबाट पारित



काठमाडौं, ४ असार । नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएको छ । आज राष्ट्रियसभामा दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा विधयेक पारित भएको हो ।

विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका हुन् ।

यसअघि यसअघि नयाँ नक्शासम्बन्धी संविधान संशोधन प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा कोही पनि विपक्षमा रहेनन् । केही सांसद भने अनुपस्थित थिए ।

दुवै सदनबाट विधयेक पारित भएपछि राष्ट्रपति विद्या भण्डारी समक्ष स्वीकृतिका लागि जानेछ । राष्ट्रपतिले स्वीकृत गरेपछि निशान छापले औपचारिकता पाउनेछ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेको थियो । यसप्रति भारत असन्तुष्ट रहँदै आएको छ ।

५८ वर्षपछि उक्त भुमिसहितको नक्शा जारी गरेपनि भोगचलन भने भारतले गर्दै आएको छ । भुमि फिर्ता ल्याउन कुटनीतिक पहल गरिने भनिएको छ । तर, भारतले यस मामलामा वार्ता गर्ने चासो देखाएको छैन । Photo Source: राष्ट्रिय सभा



प्रतिक्रिया दिनुहोस्

Screenshot