Logo

काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम बढ्यो, लकडाउन अस्तव्यस्त



असार ७, काठमाण्डौ । कोरोनाको जोखिम कम गर्न भन्दै सरकारले गरेको लकडाउन खुकुलो भएपछि उपत्यकामा भिडभाड बाक्लिदै गएको छ । उपत्यकामा नागढुंगा, फर्पिङ लगायतका नाका हुदै दैनिक ३ हजार देखि ३५ सयको हाराहारिमा मानिस भित्रिने गरेका छन् । यसरी मानिसको आतजावत र भिडभाड बाक्लिएसँगै उपत्यकामा पनि कोरोनाको जोखिम उच्च बन्दै गएको छ ।

पछिलो समय काठमाडौं उपत्यकामा नागढुङडा, फर्पिङ नाका भएर दैनिक ३ हजारदेखि ३५ सयको संख्यामा यात्रु आउने गरेका छन् । यसरी विभिन्न नाका भएर दैनिक हजाराँैको संख्यामा नागरिक उपत्यका भित्रिएसँगै कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएको हो । आफै सतर्क रहनु पर्छ भन्ने थाहा हुदाहुदै पनि बिभिन्न बाध्यताले आम नागरिहरु सडकमा निस्किने गरेका छन् । नाकामा कडाई नगरिएको कारण जथाभावी मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै त्रास बढेको हो । अब लकडाउनलाई अझ व्यवस्थापन गर्दै कडाई गरिनु पर्नेमा कतिपयले जोड दिएका छन् ।

उपत्यका आउने नाका मात्र नभएर बिभिन्न नाका तथा विमानस्थल हँुदै र बिदेशबाट आएका नागरिकको उचित व्यवस्थापन सरकारले गर्न नसक्दा कोरोनाको खतरा झन बढेको छ । सरकारले परिक्षणमा पनि लापरवाही गरेकै कारण संक्रमित थपिदै गएको भन्दै नागरिकहरुले असन्तुष्टि जनाएका छन् ।

तर यता ट्राफिक प्रहरीले भने चेक जाचमा कडाई गर्दै आएकोदावी गरेको छ । अति आवश्यक र पास भएका सवारीसाधनलाई मात्र सडकमा गुड्न अनुमति दिएको ट्राफिक प्रहरी माशाखाको दावी छ । लकडाउन खुकुलो भएयता नागढुङगा र फर्पिङ नाकाबाट ४ सय ३३ वटा सवारी साधनलाई कारबाही गरेको महाशाखाका प्रमुख भिम ढकाल बताउँछन् ।

यसरी दिन प्रतिदिन संक्रमितको संख्या बृद्धि भइरहेको बेला उपत्यका भित्रिने बिभिन्न नाका खुल्ला गरिनुले जोखिम झनै बढ्ने सजिलै अनुमान गर्न सकिन्छ । नाकामा कडाई गरी नागरिकलाई व्यवस्थापन गर्दै परिक्षणमा तिब्रता दिनु नै अब सरकारको प्राथमिकता हुनुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot