Logo

नेकपा सचिवालयलाई गगनको आग्रह : अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस



काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयलाई अब आफूहरुको कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह गरेका छन् । थापाले बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा दिएका छन् ।

थापाले आज विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,’बालुवाटारमा तमासा छ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’



प्रतिक्रिया दिनुहोस्