Logo

कोरोना संक्रमितको शव खाल्डोमा फालेको भिडियो भाइरल, अधिकारीले माफी मागे



एजेन्सी, १८ असार । कोरोना संक्रमित व्यक्तिको मृत्यु भएकाको शव व्यपस्थापन गर्न सरोकारवालालाई चुनौती रहेको छ । संक्रमित शवलाई विशेष ध्यान दिई उचित व्यवस्थापनमा लाग्न आवश्यक देखिन्छ ।

भारतको कर्नाटक राज्यमा अधिकारीहरुले शव व्यवस्थापन उचित ढंगले नगरेको क्रममा खिचिएको भिडियो प्रति क्षमा माग्नुपरेको छ । पीपीई लगाएका अधिकारीहरुले कालो रङको झोलामा शवलाई व्यवस्थित गरी गहिरो खाल्डोमा फालेको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएपछि अधिकारीहरुले क्षमा मागेका हुन् ।

कर्नाटक राज्यका बेल्लरी जिल्लाको भिडियो फूटेज र शवलाई अव्यवस्थित तरिकाले फालेको विषय सहि रहेको अधिकारीहरुले पुष्टि गरेका छन् । त्यस भिडियोमा करिब आठ जनाको शव खाल्डोमा फालिएको थियो । कर्नाटकमा अहिलेसम्म कोरोनाबाट दूई सय ४६ जनाको मृत्यु भइसकेको छ । कर्नाटकले कोरोना भाइरसविरुद्व चालेको कदम निकै सराहनिय रहेको छ ।

कोरोना संक्रमितको शवहरुलाई छुट्टै र अभद्र तरिकाले व्यास्था गरिएकोमा परिवार सामू क्षमा मागेका छन् । मानिविय तरिकाले शवलाइ व्यवस्थित गर्न नसकेकोमा उनीहरुले आधिकारिक रुपमा क्षमा मागेका हुन् । मेडिकल टिमले शवलाई दायरा अनुसार व्यवस्थित गर्न अनिवार्य रहेको छ । कानूनी नियमको दायरा उलंघन गरी शवलाई व्यवस्थित गरिएको गलत रहेको जनाइएको छ ।

शवको गरिमालाई ठेस पुर्याएको कारण पुरोना शव व्यवस्थापन टोलीलाई अधिकारिहरुले बर्खास्त गरी नयाँ टोलीलाई खटाएको जनाकारी अधिकारीहरुले दिएका छन् । कोरोनाको त्रास प्रत्येक मानिसमा घर गरेर बसेको कारण यस्ता प्रकारको चूनौतीहरुको सामना गर्न मुस्किल देखिएको छ । शवलाई स्वास्थ्यापन गर्न अधिकारिहरु समेत डराउने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot