Logo

संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ : आचार्य



काठमाडौं, १८ असार । संविधाविद् डा. भीमार्जुन आचार्यले संसदलाई कुनै थाहा वा जानकारी नदिई बजेट अधिवेशन अन्त्य गरिएको भन्दै मन्त्रिपरिषद र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा रहेको टिप्पणी गरेका छन् । आज साँझ ट्विटरमार्फत आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

आचार्यले लेखेका छन्,’संसद्लाई कुनै थाहा जानकारी नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ। संसद्लाई सरकारले यसरी आफू खुशी उपयोग गर्दै जाने हो भने संसदीय ब्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ। संवैधानिक लोकतन्त्रमा सरकार संसद् र संविधान दुवैको अधीनमा बस्नु पर्छ।’

आज साँझ ५ बजेटबाट नै संसदको बजेट अधिवेशन अन्त्य भैसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरेकी थिईन् । बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । आज १२ बजे बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई शितलनिवासमा पुगेर भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot