Logo

कानपुर ग्याङस्टार दुबेको अपराध जालो ध्वस्त, तीन सहयोग मारिएपछि मध्यप्रदेशबाट पक्राउ



एजेन्सी, २५ असार । भारतको कानपुरका ग्याङस्टार विकास दुबेका तीन सहयोगीहरु मारिएका छन् । उनीहरु प्रहरीसँगको भिडन्तमा मारिएको जनाइएको छ । हिजो एक र आज विहान दुई गरी तीनजना प्रहरीसँगको मुठभेडमा मारिएपछ दुबे पक्राउ परेका छन् ।

उत्तर प्रदेशमा आठ प्रहरीको हत्या गरेको अभियोग लागेका उनी मध्य प्रदेशमा पक्राउ परेका हुन् । उक्त राज्यको उज्जेनमा भेटिएका उनले आत्मसमर्पण गरेको हो या होइन प्रष्ट नभएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

दुवेमाथि ६० वटा आपराधिक घटनाको केस दर्ता छ । जसमध्ये हत्या समेत छन् । यसअघि हिजो विकासका सहयोगी अमर दुबे इन्काउन्टरमा मारिएका थिए । आज विहान बौभा दुवे र प्रभात मिश्रा मारिएका छन् । उनीहरु प्रहरीसँगको मुठभेडमा मारिएको भनिएको छ । बौभा इटावामा भाग्ने क्रममा मारिएको जनाइएको छ । प्रभात भने प्रहरी हिरासतबाट भाग्न खोज्दा मारिएको त्यहाँको प्रहरीको दाबी छ ।
यसैगरी विकास दुवेका सहयोगीहरु धमाधम पक्राउ परिरहेका छन् । जसमध्ये महिलाहरु पनि छन् ।

गत शुक्रबार राति दुवेसहितको समुहले कानपुरको चौबेपुर क्षेत्रमा डिएसपीसहित आठ प्रहरीको हत्या गरेका थिए । घटनामा प्रहरीले दुबेको सहयोगीका रुपमा भुमिका खेलेको भन्दै पक्राउ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot