Logo

कोरोना महामारी भयावह बन्दै, दैनिक दुई लाखले बढ्न थाले संक्रमित



एजेन्सी, २७ असार । विश्वभर कोरोना भाइरसको महामारीले झन् खतरनाक रुप लिइरहेको छ । दैनिक दुई लाखभन्दा बढीको संख्यामा संक्रमित थपिने क्रम चलेको छ ।

गएको २४ घन्टामा दुई लाख ३६ हजार संक्रमित संख्या बढेको तथ्यांक छ । योसँगै विश्वभर संक्रमित संख्या एक करोड २६ लाख नाघेको छ ।
दैनिक पाँच हजारभन्दा बढी संक्रमणबाट मृत्यु हुनेको संख्या देखिएको छ । योसँगै कुल मृतकको संख्या ५ लाख ६२ हजार नाघेको छ ।

सबैभन्दा बढी अमेरिकामा ३२ लाख ९१ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ एक लाख ३६ हजार मृतक संख्या छ ।

ब्राजिलमा १८ लाख संक्रमित संख्या पुग्दा मृतक संख्या ७० हजार पुगेको छ । भारतमा संक्रमित संख्या ८ लाख नाघेको छ । मृतक संख्या २२ हजार नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot