Logo

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना



काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड सुपरस्टार अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज ट्वीटमार्फत् बच्चन र उनका छोरा अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

विश्वभर अमिताभको स्वास्थ्यप्रति चासो बढिरहँदा ओलीले अमिताभलाई लेजेन्टरी एक्टर भन्दै सुस्वास्थ्यको कामना गरेका हुन् । यसअघि हिजो साँझ अमिताभ र अभिषेकहरुले आफूहरुलाई कोभिड १९ भएको जानकारी ट्वीटमार्फत् दिएका थिए । दुवै कलाकार मुम्बईस्थित एक निजी अस्पतालमा भर्ना भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्