Logo

बेरुजु मात्रै बढेन, गाउँ–गाउँमा पुगेको सिंहदरबारले विनास र भ्रष्टाचार बढाएकाले संघीयतामाथी खतरासमेत बढायो: मैनाली



काठमाडौं, साउन १। सरकारले आर्थिक अनियमितता र खर्च नियन्त्रणमा ध्यान नदिएकाले बेरुजु धेरै देखिएको भन्दै यसले संघीयतालाई नै संकटमा पार्ने दलका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक वर्ष बेरुजु बढ्नुलाई देशमा लुटेराहरुको समुह बढ्नु र अनियमितता गर्नेहरु बढ्नुको संकेतका रुपमा नेताहरुले व्याख्या गरेका छन् ।

देश संघीयतामा गएपछि संघीय सरकारले सिंहदरवारमा केन्द्रित विकासलाई गाउँ गाउँमा पुर्याउने भनेर हामीले बनाएको संविधानमा राखिए पनि विकास नभएर विनास र भ्रष्टाचार मात्रै गाउँमा पुगेको नेकपा मालेका महासचिव सीपी मैनालीको टिप्पणी छ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै उनले गाउँ गाउँमा विकासभन्दा विनास र सुशासनभन्दा कुशासन बढेकाले नेपालको संघीयतालाई संकटमा पुर्याउने खतरा देखिएको विश्लेषण गरेका छन्।

संघीय सरकारले भ्रष्टाचार र आर्थिक अनियमिततालाई रोकेर पारदर्शी शासन चलाउन नसक्दा गाउँ गाउँमा भ्रष्टाचारको रोग महामारीका रुपमा फैलिएको उनले दावीसमेत गरे ।

मैनालीले भने, ‘गाउँमा विकास पुर्याउने हैन भ्रष्टाचार पुर्याउने मात्रै काम भयो । यो काम संघीय सरकारले गरेको हो । गाउँमा भ्रष्टाचार संस्थागत रोग भएको छ । कानूनको कुरा लागु भएन । आर्थिक अराजकता बढेर आयो । फजुल खर्चले आर्थिक अपराध बढाउछ । पुँजीगत खर्च भएको छैन । अनियमितताको श्रृखला भएको राजनीतिमा संघियता कसरी लागु हुन्छ । सवै ठाँउमा कमाउने मात्रै भए । यो सरकारले लुटेराहरुको समुह बढाउने काम मात्र गर्यो । अब संघीयता खतरामा छ ।’

वर्तमान सरकार देश र जनताप्रति पटक्कै संवेदनसिल नभएको भन्दै उनले सत्ता चलाउने नेकपाको विवाद देश र पार्टीलाई विधिवत चलाउने विषयमा नभएर व्यक्तिगत पदिय भागबण्डामा मात्रै केन्द्रित हुन दुभाग्यपूर्ण भएको टिप्पणी गरे ।

महासचिव मैनालीले भने,‘देशको आवस्थाका विषयमा नेकपाको बैठकमा छलफल भएको छैन । एउटाले छोड्नुपर्छ भन्छ । अर्कोले छोडदिन भन्छ । प्रधानमन्त्रीमा ओली र उहाँले दिने गरेका गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले देशलाई कमजोर बनाएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot