Logo

चेल्सीद्वारा म्यानेचेष्टर युनाइटेड तीन गोलले पराजित



काठमाडौं, साउन ५। म्यानचेष्टर युनाइटेडलाई सेमिफाइनलमा हराउँदै चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गयराती भएको खेलमा म्यानचेष्टरलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै चेल्सी उपाधी नजिक पुगेको हो ।

 

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै तीन गोल गरेको छ भने म्यानचेष्टरले एउटापनि गोल फर्काउन सकेन् । चेल्सीका ओलिभर जिरुडले पहिलो हापमा खाता खोल्दै अग्रता दिलाएका थिएभने दोस्रो हाफमा मासोन माउन्टले थप एक गोल गरेका थिए ।

तेस्रो गोल भने युनाइटेडका कप्तान ह्यारी मगुइरको आत्मघाती गोलबाट म्यानचेष्टरले तीन गोलले हार व्यहोरेको हो ।खेल तालिका अनुसार म्यानचेष्टर क्लब सिटीलाई पराजित गर्दै फाइनलमा पुगेको आर्सनलसंग चेल्सीले उपाधीकालागि प्रतिस्पर्धा गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot