Logo

वीपी जयन्तीमा देउवामाथी पौडेलको आरोप–आचरण विग्रेकाले पार्टी विगारे



काठमाडौं, साउन ६। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमा रहेका कतिपय नेताहरुको आचरणका कारण नेपाली काँग्रेस कमजोर अवस्थामा पुगेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षीत गर्दै उनले कतिपय व्यक्तिहरुले सत्ता र सम्पत्तिका लागि पार्टीलाई दाउमा राखेर पार्टीको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

‘अहिले नेतृत्व गरेका कतिपय व्यक्तिको आचारणका कारण पार्टीले नै विपिलाई छोडेजस्तो देखिएको हो, तर मुल रुपमा पार्टी वीपी कै मार्गदर्शनमा छ ।’ पौडेलले भने ।

उनले पार्टी कब्जा गरेर पद र मोज मस्तीमा रमाउनेहरुका विरुद्ध पार्टीमा आफ्नो लडाई भइरहेको र अडिरहने अठोटसमेत व्यक्त गरेका छन् । निर्धारित कार्यकाल सकिएपछि पनि अधिवेशनतिर लाग्नुको सट्टा नियक्ति जारी रहेकोभन्दै उनले आपत्ति जनाए।

उनले भने, ‘अव अधिवेशनतिर लाग्ने हो, विभाग बनाएर प्रभावित पार्ने होइन, पार्टीमा तमासा भयो, एकातिर आँधी अर्कातिर झोलुङ्गो भनेजस्तो भइरहेको छ ।’

उनले अहिले विभिन्न विभागमा नियुक्त भएकाहरुप्रति लक्षित गर्दै लोभलाचलमा नलाग्न आग्रह गरे। तपाईहरुको लोभलालचले तपाईलाई, पार्टीलाई र देशलाई नै अध्यारोमा धकेल्छ, बरिष्ठ नेता पौडेलले भने ।

उनले छलछाम, षड्यन्त्र, जे गरेर पनि पार्टीलाई कब्जा गर्ने प्रबृत्ति देखिएको आरोप पनि लगाएका छन् । लोकतान्त्रीक पार्टीको नेतृत्व चयन गर्दा पनि स्वस्थ प्रतिश्पर्धा हुनेमासमेत उनले शंका व्यक्त गरे ।

काँग्रेसलाई सवै नेपालीको भरोसाको केन्द्र बनाउनेगरी सुधार अभियान तर्फ लाग्न पनि सवै नेता कार्यकर्ताहलाई बरिष्ठ नेता पौडेलले आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot