Logo

लेखक चेतन भगतले झण्डै आत्महत्या गरेको खुलासा



एजेन्सी। ७ साउन । बलिउडका नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडमा बिभिन्न तहल्का मच्चिएको छ । एकपछि अर्का खुलासाहरु भइरहेको छ । अनुसन्धानको क्रममा बांड्रा प्रहरीले सुशान्त प्रकरण केसमा चर्चित व्यक्तिको नाम निकालिरहेको छ ।

यसपाली भने चर्चित लेखक चेतन भगतले आफ्नो ट्वीटमार्फत बलिउड निर्माता बिधु विनोद चोपरालाई निसाना बनाउँदै भगतलाई आत्महत्या गर्न बाध्यकारी बनाएको बताएका छन् । बिधु विनोदकी श्रीमती अनुपमा चोपरालाई प्रश्न सोध्दै भगतले आफूलाई आत्महत्याको कगार सम्म पुर्याएको भन्दै औँल्याएका हुन् । उनले भगतले पाउने सम्पूर्ण अर्वाड जबरजस्ती विधुले लिएको आरोप लगाएका हुन् । चर्चित फिल्म त्री इडियट चेतन भगतको फइव प्वाइन्ट समवनमा आधारित नाट्य रुपान्तरण हो । यसको श्रयसमेत भगतलाई नदिई उल्टै उनलाई धम्क्याएको उनले बताए । फिल्मले भारत समेत अन्य देशमा सर्वाधिक कमाइ गरेको थियो ।

भगतलाई निरन्तर रुपमा विधुले मानसिक तनाव दिएको आरोप लगाउँदै आत्महत्या गर्ने कगारसम्म पुर्याएको बताए । बलिउडमा विभिन्न आरोप प्रत्यारोप लागीरहेको छ । त्यसैगरी नायक गोविन्दाले समेत बलिउडबारे टिप्पणी गरेको छन् । चार पाँच जनाले बलिउड इन्डस्ट्री चलेको समेत उनले खुलासा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot