Logo

म अहिले प्रचण्ड गुटमै छु, ओली गुट त निर्वाचितलगत्तै त्यागेको हो : वामदेव गौतम (भिडियोसहित)



काठमाडौं, साउन ८ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै गुटमा रहेको स्पष्ट पारेका छन् । कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा र कहिले प्रचण्डको गुटमा देखिने गरेका गौतमले आफु अहिले प्रचण्डकै गुटमा रहेको स्पष्ट पारेका हुन् ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, “राम्रो विचार र प्रस्ताव जस्ले ल्याउछ, म त्यसैको गुटमा हुन्छु । अहिले उहाँहरुले राम्रो प्रस्ताव ल्याउनु भएको छ, त्यसैले म उहाँहरुसँगै छु ।’ उपाध्यक्ष गौतमले पुर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुले अहिले राम्रो प्रयास गरिरहेकोसमेत बताएका छन् ।

आफु प्रचण्ड गुटमा भएपनि प्रधानमन्त्री ओलीले समेत बेला बेलामा बोलाउने र छलफल गर्ने गरेको पनि उनले जनाए । आफु तत्कालिन नेकपा एमालेको महाधिवेशनमा ओली गुटबाट उपाध्यक्ष भएको र निर्वाचित भएलगत्तै उनको गुट त्यागेको गौतमले दावी गरे । तत्कालिन एमालेमा गुटबन्दी बनाएर पार्टी फुटाएका उपाध्यक्ष गौतमले आफु स्थायी रुपमा कुनै गुटबन्दीमा नलाग्ने जिकिरसमेत गरे ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने माग अहिले आफ्नो नरहेको बताए । ‘राजीनामा दिने की नदिने भन्ने कुरा उहाँले नै जान्ने कुरा हो, केही साथीहरुले राजीनामा दिदा राम्रो हुन्छ भनेका हुन्, तर पार्टीकै प्रस्तावको रुपमा भने छैन ।’ गौतमले भने ।

ओलीले राजीनामा दिएर पार्टी भित्रको समस्या समाधान हुन्छ भन्ने बारेमा आफुले केही भन्न नसक्ने गौतमको आशय थियो । तर ओली दुवै पदमा रहदाँ समस्या सृजना भएकाले स्वेच्छाले छोड्न आग्रह गरिएकोर दवाव भने नदिइएको उनको दाबी छ । मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई अस्विकार गर्दै उपाध्यक्ष गौतमले आगामी चैत भित्र महाधिवेशन हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot