Logo

काठमाडौँ अझैपनि कोरोनाको उच्च जोखिममा छ : डा. राजभण्डारी



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. सागरकुमार राजभण्डारीले काठमाडौं अझैपनि कोरोनाको संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. राजभण्डारीले भने,‘काठमाडौँ अहिले उच्च जोखिममा अझै पनि छ । यो जोखिम हरेक दिन बढ्दै गइरहेको छ । कारण, उच्च जोखिम क्षेत्र भनेको भारत नै हो । भारत आजभन्दा २/३ महिना अगाडि विश्वको १० औं स्थानमा थियो भने अहिले आएर तेस्रो स्थानमा भईराखेको अवस्था छ । केही महिनापछि सायद यो विश्वको १ नम्बर हुँदैछ ।’ प्रस्तुत छ डा. राजभण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

कोरोना संक्रमणको परिस्थिति के छ, काठमाडौँको ?

काठमाडौँ अहिले उच्च जोखिममा अझै पनि छ । यो जोखिम हरेक दिन बढ्दै गइरहेको छ । कारण, उच्च जोखिम क्षेत्र भनेको भारत नै हो । भारत आजभन्दा २/३ महिना अगाडि विश्वको १० औं स्थानमा थियो भने अहिले आएर तेस्रो स्थानमा भईराखेको अवस्था छ । केही महिनापछि सायद यो विश्वको १ नम्बर हुँदैछ । यस्तो खुल्ला सीमाका बाबजुद हरेक दिन थुप्रै भारतीय र नेपालीहरू आवतजावत भईराखेको अवस्था छ । काठमाडौंमा बस्ने लगभग ६० प्रतिशत बासिन्दाहरू बाहिरबाट आएको देखिन्छ । हरेक दिन शुक्रराज ट्रपिकल अस्पतालमा हाम्रो यो ओ.पि.डी. छ, त्यसमा परीक्षण गर्न आउने व्यक्तिहरू झन्डै ८०० देखि १२०० व्यक्तिहरू त्यहाँ लामबद्ध भएको देखिन्छ । तिनीहरूलाई सोध्दाखेरि अधिकांशहरू तराइको विभिन्न क्षेत्रहरूबाट आएका २ र ३ नं प्रदेशबाट आउनुभएको छ ।

वीरगञ्जको कुरा गर्दाखेरि हिजो एउटा घटना भयो । ट्राभल इन्ट्री नै नभएका वृद्धको मृत्यु भयो । अब के हुन्छ ? उहाँसँग ट्राभलको कुनै हिस्ट्री पनि छैन र इन्ट्री भएको कुनै समाचार पनि हामीले फेला पारेका छैनौँ ।

ट्राभल हिस्ट्रीभन्दा पनि कन्ट्याक्ट चेकिङ्ग हुँदाको विस्तृत अध्ययन हुन जरुरी छ । कुनै पनि व्यक्ति घर बाहिर गएको हुनसक्छ । तरकारी किन्न वा केही सामान्य काममा घर बाहिर गएको हुनसक्छ । केही व्यक्तिहरूमा दीर्घ जुन देखिरहेको छ, दीर्घ रोगी कुनै अवस्थामा मेडिकल कन्सल्टेन्सको लागि अस्पताल भिजिट गरेको हुनसक्छ । यसले गर्दा उच्च जोखिमको क्षेत्रमा गयो भने एकदमै सजिलैसँग संक्रमण हुने देखिन्छ तर संक्रमण छैन नै भन्न अलिकति नमिल्ला ।

पछिल्लो समयमा कोरोना संक्रमण देखिन थालेको हो ?

कुनै ठाउँमा देशभित्रको कुरा गर्दाखेरि परिभाषा त मिल्दैन ।

तपाईले पाएको कुरा भन्नुस् न ?

कतिपय ठाउँहरूमा संक्रमणको अवस्था छ । राजविराज, वीरगञ्जका कतिपय ठाउँहरूमा संक्रमण देखिरहेको छ । यस्तो प्रकारको विस्फोटन जुन छ, यसलाई रोक्नको लागि हामी अलिकति चनाखो भएर सबै पक्षले यसलाई सहयोग गर्न सक्नुहुन्छ । सबै सरकारको मात्रै भर परियो भने त यस्तो विस्फोटनलाई रोक्न गा¥है पर्ला ।

कोरोना देखिइसकेपछि चिकित्सक पनि फरार भईसकेका छन्, मोरङ्गमा । चिकित्सकहरू पनि साँच्चिकै डराएको हो कोरोनाबाट?

चिकित्सक पनि मानव नै हो । हुन त यत्तिका महिनामा फ्रन्ट लाइनमा हाम्रा चिकित्सकहरूलाई राखिएको छ । एकजना चिकित्सक लुक्यो भन्दैमा सबैलाई मुछ्न सम्भव हुँदैन । चिकित्सव, नर्स, स्वास्थ्यकर्मी भनेको तिनै हतियार हुन्, जसले आजसम्म यतिका दिनसम्म अग्रपंक्तिमा रहेर संक्रमण रोक्न, संक्रमण भएर समस्यामा परेको बेलामा उपचार गरे । त्यसैले तिनीहरूलाई तर्सेको भन्न त मिल्दैन । किनभने अहिलेको समयमा एउटा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पारेर हजारौं नेपालीलाई बचाउन जुटेको छ । यस्तो कुार्यमा उहाँहरूलाई नमन गर्नुपर्ने हुन्छ । बरु उहाँहरूको हौसला बढाउने गर्नुपर्छ, मन खस्ने प्रकारको कुरा गर्नुहुँदैन । यसो हुँदा उहाँहरूले जुन स्पिडमा काम गरिरहनुभएको छ, त्यो कम हुन जान्छ ।

उपत्यकामा ९ जना संक्रमित देखिएको छ । विदेशबाट आउनेहरूको २ पटक पि.सि.आर गर्नुपर्छ भनेर धेरैले भन्न थाले ?

हो, हो । म प्रत्यक्ष त्यसैमा संलग्न भएको कारणले के जानकारी गराउन चाहन्छु भन्दा आज ३ दिनमा अधिकांश जुन काठमाडौं उपत्यकामा देखिएको छ, यो विहारबाट आएको व्यक्तिहरूमा देखिएको छ । तिनीहरू लामो समयसम्म व्यापार, व्यवसाय गरेर बसिरहेकाहरूमा देखिरहेको छ । तराइका कतिपय ठाउँहरूमा सर्लाही, वीरगञ्जका ठाउँहरूमा बसिरहेका व्यक्तिहरूमा पनि देखिरहेको छ । कही नगएर काठमाडौंभित्र मात्रै बसिरहेकाहरूमा कम मात्रामा देखिएको छ । यदि पोजिटिभ आयो भने त्यस्ता लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा भर्ना गर्छौँ । उहाँहरूको उपचार गर्ने क्रममा सबै परीक्षण गर्छौँ । जबसम्म उहाँहरूको नेगेटिभ रिजल्ट आउँदैन, हामीले उहाँहरूलाई पठाउन मिल्दैन । सरकारले पनि भनेको छ, विदेशबाट आएको व्यक्तिको पि.सि.आर नगरिकन उहाँहरूलाई घर नपठाउने भनिराखेको छ । हजारौं नेपालीहरू अहिले पनि विदेशबाट हवाई मार्फत आउनुभएको छ । उहाँहरू जुन ठाउँमा बस्नुहुन्छ, त्यही ठाृउँमा नै गएर उहाँहरूको १०० प्रतिशत पि.सि.आर ग¥यो भने जुन उहाँहरू सम्भावित संक्रमित व्यक्तिहरू आफ्नो जिल्ला, गाउँ ठाउँमा जानबाट रोकियो भने कमसेकम कम्युनिटि ट्रान्समिसनहरूबाट बचाउन सकिन्छ ।

अब काठमाडौंबासीले कसरी सावधानी अपनाउने ? सामाजिक दूरी कायम भएको छैन । गाडीहरू गुडिरहेका छन् । जनताहरू सडकमा हिडिरहेका छन् । के भन्नुहुन्छ ?

यस्तो विषम परिस्थितिमा हामीमात्र चिच्याएर, कराएर भएन । विभिन्न क्षेत्रले मेरोपनि दायित्व हो भनेर हरेक नागरिक आ–आफ्नो तबरबाट बुझ्नुपर्छ । सामाजिक दूरी कायम गर्ने भनिराखिएको छ, त्यसलाई मेन्टेन गर्नुप¥यो । बाहिर जाँदा मास्क लगाउनुप¥यो । भिडभाड गर्नुभएन । यदि यात्रा गर्नुछ भने कमसेकम सामाजिक दूरी कायम गरेर गर्नुप¥यो । साबुन पानीले बराबर मिची मिची नियमित धुने गर्नुप¥यो । मुख्य कुरा अनावश्यक हामी भिडभाडमा जान भएन । अझ के भईरहेको छ भन्दाखेरि ३÷४ महिना अगाडिदेखि जुन बन्देज थियो, त्यो बन्देज खुल्यो, त्यसरी मान्छेहरू एकदम आत्तिएर गईराखेको अवस्था छ । यो यस्तो किसिमको अवस्था हो, आज सामान्य कुरामा हेरचाह गरिएन भने भोलीका दिनमा त्यही दिन त फेरि आउन सक्छ । आजका दिनबाट हरेक नागरिकले भूमिका निर्वाह गर्नैपर्छ । नागरिकले यो निर्वाह गरेन भने सरकार र तपाई हामीले कराएर मात्र त हुँदैन ।



प्रतिक्रिया दिनुहोस्