Logo

न्यायालयको फैसलाप्रति नायिका रिमा विश्वकर्मा आक्रोशित



काठमाडौ, ९ साउन । नायिका रिमा विश्वकर्माले नेपालमा घटेका सामाजिक र राजनितिक घटनाक्रम नजिकबाट नियालीरहेकी छिन् । लकडाउनमा धेरै कलाकारहरु एकाएक विवादमा तानिरहँदा उनी भने मौन थिइन् । उनी कसैको पक्ष वा विपक्षमा बोलिनन् ।

हिजोमात्र श्रीमतीको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाएका डिआजी रञ्जन कोइराला जेलबाट सजाय घटाउने फैसलापछि निस्कीएकोमा भने आपत्ती जनाएकी छिन् । रिमाले महिला माथी हत्या हिंसा गरेका अपराधीहरु समातिएका छैनन् र जति समातिएका छन् उनीहरु स–सम्मान छुटेको भन्दै आक्रोश व्यक्त गरिन् ।

महिला माथि हत्या हिंसा र अपराध भई रहँदा मौन बस्ने महिलाबादी, संस्कृतिबादी र राष्ट्रवादीहरु चाही महिलाको देखिएको ‘ढाड’ र फरक तीजका गतिको शैलीको विषयमा बहसमा लाग्न नहुने पनि बताएकी छिन् । रिमाले आज सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जन्मकैद भोग्नु पर्ने श्रीमतीको हत्यारा श्रीमान् रंन्जित कोइराला ८ बर्ष सजाय भोगेर निर्दोष भएको जसरी हात हल्लाउदै छुटे। गीता ढकालका हत्यारा छुटे । काठमान्डौंमा हिजो एउटा युवती माथी ऐसिड खनाईयो, निर्मला पन्तका हत्यारा जस्तै अरू थुप्रै हत्या र हिँसा गरेका अपराधीहरू समातिएका छैनन्। समातिएकाहरू ससम्मान छुट्छन। महिला माथी हत्या हिँसा र अपराध भई रहँदा मौन बस्ने महिलावादी, संस्कृतिवादी र राष्ट्रवादीहरू चाही महिलाको देखिएको ढाड र फरक तीजका गीतको विषयमा बहसमा जुटेका छन्। ’



प्रतिक्रिया दिनुहोस्