Logo

भाईको यादमा राजेश हमाल (फोटोफिचर)



काठमाडौ, ९ साउन । नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको विशिष्ट स्थान छ । सन् १९६४ मा पाल्पामा जन्मिएका राजेशको बाल्यकाल काठमाडौमा बित्यो । उनको पहिलो र अत्यधिक सफल फिल्म ‘युग देखि युगसम्म’ हो ।

नेपाली फिल्म उद्योगमा व्यवसायिकता ल्याउनुमा उनको ठुलो भुमिका रहेको छ । २ दशक भन्दा धेरै नेपाली चलचित्रमा अभिनय गरेका राजेश धेरै पुरस्कारहरुले सम्मानित भइसकेका छन् । जसमा सन् १९८८ देखि २०१४मा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट सम्मानित भइसकेका छन् । जसको कारण उनलाई ‘महा नायक’ भन्ने गरिन्छ ।

उनका पिता विभिन्न देशका नेपालको तर्फबाट राजदुत भएका थिए । विद्यालय शिक्षा मस्को बाट र उच्च शिक्षा भारतको पञ्जाब विश्व विद्यालयबाट पुरा गरेका राजेशले कक्षा ८ सम्म सेन्ट जेभियर स्कुलमा अध्ययन गरेका थिए ।

राजेशको तीन दिदी र एक भाई छन् । सबैभन्दा कान्छो भाई राकेश हमालको भर्खर मात्र कलेजोको समस्याका कारण भारतमा उपचारको क्रममा मृत्यु भएको हो । राजेशले भाईको निधन पश्चात सामाजिक सञ्जालमा सानो हुँदाको परिवारको सुन्दर तस्वीर राख्दै भाई र बुबा आमा र हजुरबुबाको सम्झना गरीरहेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्