Logo

रमेश सिलवाल राखेप सदस्यसचिवमा नियुक्त



काठमाडौ, १२ साउन । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

सिलवाल निवर्तमान सदस्य सचिव हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । राखेपको विधान परिवर्तन भएपछि सदस्य सचिवका लागि पुनः खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएको थियो । जसमा सिलवालले पुनः नियुक्ति पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले तीनजनाको नाम सिफारिश गरी क्याबिनेटमा लगेको थियो । सिलवालका मुख्य प्रतिष्पर्धी लिलबहादुर थापा थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot