Logo

आज नेकपा स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, साउन १३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर संकन गरेका छन् ।

कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् ।

पटक पटक स्थगित हुदै आएको नेकपा स्थायी कमिटिको बैठक आजका लागि पनि बोलाइएको छ । तर बैठक सुचारु हुने वा नहुने भन्ने बारेमा भने अहिलेसम्म पनि अन्यौलता नै रहेको नेताहरुले बताएका छन् ।

बैठकलाई कसरी अगाडी बढाउने भन्ने बारेमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच अहिले केहीबेरमा छलफल हुन लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको बैठकमा स्थायी कमिटि बैठकपटक पटक स्थगित गर्दा नराम्रो सन्देश गएकाले अगाडी बढाउने की टुङ्ग्याउने भन्ने बारेमा छलफल हुन लागेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्