Logo

प्रहरीलाई हातपात गर्न खोज्ने दुई जना पक्राउ



मोरङ, १८ साउन । प्रहरीलाई अभद्र व्यवहार गर्दै हातपात गर्न खोजेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा बिराटनगर सुडी बस्तीका अनिल साह र मुकेश देवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तस्करीका सामान ओसारपसार हुन लागेको सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले निग्रानी गर्ने क्रममा उनीहरू समेतले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाई भिड जम्मा गरी ईलाका प्रहरी कार्यालय रानीको ना.१ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पु¥याएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot