Logo

डडेल्धुराको सडकमा लास देखेपछि…



डडेल्धुरा, २८ साउन । डडेल्धुरा सदरमुकामको सडक चौडा पार्नका लागि दवाब सिर्जना गर्न डडेल्धुराका युवाहरुले सांकेतिक रुपमा ‘लास’ आन्दोलन गरेका छन्। जिल्ला सदरमुकाम बागबजारमा मंगलबार युवाहरुले कोरोनाले मरिन्न बरु सडक चौडा नगरे अकालमा ज्यान जान सक्छु भन्दै सडक चौडाको माग गर्दै लास आन्दोलन गरेका हुन।

‘बोलन्या थली’ को आयोजनामा डडेलधुराको सदरमुकाम बजार क्षेत्रको सडक चौडा गर्न दवाब दिन मंगलबार ुलास ु आन्दोलन गरेको उक्त संस्थाका अभियान्ता यादव जोशीले बताए। उनीहरुले बिच सड मै मानिस मरेपछि लास भएको अभिनय समेत गरेका हुन। सदर मुकामकै सडक चौडा नहुँदा पैदल यात्रुदेखि गाडी पास गर्न समेत समस्या हुने गर्दछ। सडक बिस्तारका लागि ४४ करोड बजेट विनियोजित भएको कुरा उल्लेख गर्दै सडक चौडा पार्नमा अवरोध नगर्न समेत स्थानीय व्यपारी तथा घरधनीलाई अनुरोध गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot