Logo

सन्जय दत्तको ५ फिल्म रिलिजको पर्खाइमा



एजेन्सी, २८ साउन । बलिउड अभिनेता सन्जय दत्त भर्खर मात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले केहि दिनदेखि आराम गरिरहेका छन् । सन्जय दत्तका नयाँ फिल्म ‘सडक २’ को ट्रेलर रिलिज भएको छ । उनको ‘सडक २’ मात्र नभएर उनका अन्य फिल्म पनि रिलिजको लाइनमा छन् । उनले केहि प्रोजेक्टमा पनि काम गरीरहेका छन् । सन्जु बाबा, सडक–२, किन–किन जस्ता फिल्म रिलिजको क्रममा छन् ।

सडक–२

यो वर्ष १९९१ मा आएको फिल्म सडकको सीक्वल ‘सडक–२’ मा सन्जय दत्त रविको भुमिकामा देखिएका छन् ।

भुज द प्राइड अफ इन्डिया

‘भुज द प्राइड अफ इन्डिया’ फिल्ममा सन्जय दत्त, अजय देवगन र सोनाक्षी प िलिड रोलमा देखिनेछन् । फिल्म आर्मीको एक सच्चा कहानीमा आधारीत छ ।

टोरबाज

अफगानिस्तानको कहानी टोरबाज एक स्पोट्र्समा आधारीत फिल्म हो । शरणार्थी शिविरमा बस्ने बच्चाको जीवन कसरी परिर्वतन हुन्छ भन्ने यथार्थ यस फिल्ममा देखाइएको छ ।

केजीएफः२

केजीएफ २ पनि सन्जय दत्तको महत्वपुर्ण प्रोजेक्ट मध्ये एक हो । उक्त फिल्ममा सन्जय दत्तको लुक रिलीज गरिएको छ जसलाई धेरैले मन पराएका थिए । यो फिल्ममा सन्जय दत्त नेगेटिभ भुमिकामा देखीएका छन् ।

शमशेरा

फिल्म शमशेराको सुटिङ फेरी सुरु हुनेवाला थियो, तर सन्जय दत्तको स्वास्थ्यको कारण रोकिएको छ । धेरै सुटिङ भैसकेको उक्त फिल्म अलिकति मात्र काम बाकि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot