Logo

सैफ अलि खानको सम्पत्ति कति



एजेन्सी, ३२ साउन । बलिउड अभिनेता सैफ अलि खानले आज ५० औं जन्मदिन मनाइरहेका छन् । जन्मदिन मनाइरहँदा उनी फेरि बच्चाको बाबु पनि बन्दैछन् । यसकारण पनि उनी दग छन् ।

सैफ उनले गरेका फिल्मका कारण मात्र लोकप्रिय छैनन् उनको आफ्नै पारिवारिक पहिचान छ । सैफ अलि खान पटौदीका राजकुमार पनि हुन् । २०११ मा बाबुको निधन पश्चात सैफ १० औं राजकुमार बनेका हुन् । उनकी आमा सर्मिला टैगोर बलिउडकी कुनै जमानाकी लोकप्रीय नायिका हुन् । भारतका पूवं क्रिकेट कप्तान पटौदी र टैगोरको विवाह आफैमा रोचक छ ।

सैफको फिल्म केरियरको साथमा उनको सम्पत्तिको पनि चर्चा हुन्छ । उनी अन्य कलाकारको भन्दा धेरै सम्पत्तिका मालिक हुन् । उनको धेरै पुख्यौली सम्पत्ति हो ।

यदि उनको सम्पत्तिको कुरा गर्ने हो भने हरियाणामा रहेको पटौदीको मुल्य करिब ८ सय करोड छ । त्यहाँ आलीसन महल पनि उनकै नजिक छ । राजस्थानको नीमरमणमा पनि उनकै हो । निमराको फोर्ट भाडामा लिएपछि सैफले फेरी किनेका थिए । त्यस्तै मुम्बईमा धेरै फ्ल्याटहरु छन् जसमध्ये एउटा ४.२ करोड रुपैयाँ र अन्य २ बंगलाको ६करोड रुपैयाँ मुल्य हो । उनको स्विजरल्याण्डमा पनि घर छ ।

उनीसँग कारहरु ३.४ करोडको अडी आर ८, ९० लाखको फोर्य मस्तांग, १.४४ करोडको बीएमडब्लु ७ सिरीज, १.५६ करोडको ल्यान्ड रावर स्पोर्ट र १० लाखको हार्लेडेविसन आइरन छन् । यसबाहेक अभिनेताको करिब १०० करोड लगानी रहेको छ । घडी पनि उनका निकै महंगा छन् ।

२०१९ को सुची अनुसार  फोब्सले १०० कलाकारको सुचीमा सैफलाई ७४ औं नम्बरमा राखेको छ । २०१८–१९मा खानले १७.०३ करोड रुपैयाँ कमाएका थिए । यसको साथै २०१८ मा नै १०.२५ करोड रुपैयाँ २०१७ मा १२.१७ करोड रुपैयाँ कमएका थिए । सैफ महल बाहेक २८५ करोडका मालिक हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot