Logo

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ अली खान रावण बन्ने



एजेन्सी, ४ भाद्र । कोरोना भाइरसको कारण पछिल्लो चार महिना देखि नयाँ फिल्मको घोषणा रोकिएको छ । जुन ठुला ठुला फिल्महरु मध्ये यहि समयमा घोषणा गरिएको फिल्म हो ‘आदिपुरुष’ ।

‘तान्हाजी–द अनसंग वारियर’ जस्तो सुपरहिट फिल्मको निर्देशक ओम राउतले याने फिल्म पनि निर्देशन गर्ने भएका छन् । भर्खरे आदिपुरुषको लोगो जारी गरिएको छ । यो फिल्म पौराणीक कथामा आधारीत हुनेछ । यसमा रामायणको पनि एक भाग हुनेछ । यस फिल्ममा रामायण र रावणको पनि भुमिका हुनेछ ।

रावणको भुमिकामा सैफ अलीलाई अभिनय गर्न अनुरोध गरिएको बुझिएको छ । सैफ अली खान ‘तान्हाजी मा पनि खलनायकको भुमिकामा खेलेका थिए र निर्देशक ओमले धेरै मन पराएका कलाकार मध्ये एक हुन् । यसकारण पनि फेरी आदिपुरुषमा दोहो¥याउन चाहान्छन् । तर अफिसियल रुपमा भने घोषणा गरिएको छैन ।

हिरोइनमा भने हालसम्म दिपिका पादुकोणको नाम सबैभन्दा अगाडी रहेको छ । आदिपुरुष हिन्दी र तेलुगु भाषामा बन्ने भएको छ । जसलाई तमिल, कन्नड र मलयालममा पनि डब गर्ने भएका छन् । थ्रीडी इफेक्टमा बन्ने यस फिल्मको बजेट करौडौ रुपैयाँमा तयार हुनेछ । यसको निर्माता भुषण कुमार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot