Logo

१२ वर्ष माथिकाले अनिवार्य मास्क लगाउनु, पाँच वर्ष मुनीकाले लगाउनु हुँदैन- डब्लुएचओ



एजेन्सी, ८ भाद्र । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष माथिका बालबालिका र किशोर किशोरीलाई अनिवार्य मास्क लगाउन भनेको छ । तर, पाँच वर्ष मुनीका बालबालिकाले मास्क लगाउन सामान्यतया मास्क लगाउन नहुने समेत भनेको छ ।

डब्लुएचओले एउटा निर्देशिका जारी गर्दै कोरोना भाइरसको संक्रमण सर्न नदिन मास्क लगाउन निर्देशिका जारी गरेको हो । बालबालिका र किशोर किशोरीले पाका मानिसले जसरी नै कोरोना संक्रमण फैलाउन सक्ने खतरा रहेको समेत भनेको छ ।

निर्देशिकामा छ देखि ११ वर्षका बालबालिकालाई अभिभावकले निकै निगरानी गर्नुपर्ने भनिएको छ ।

कोरोना भाइरसबाट सँसारभर ८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्थामा डब्लुएचओको विभिन्न थरीका निर्देशिका आइरहेको छ । डब्लुएचओ प्रमुख टेड्रोसले दुई वर्षभित्र कोरोना भाइरसको महामारी अन्त हुने विश्वास लिएका छन् । भ्याक्सिन पनि विकास भइरहेको छ । यद्यपि संक्रमणको जोखिमलाई दृष्टिगत गरी निर्देशिकाहरु जारी भइरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot