Logo

कार्यदलको प्रतिवेदनलाई लिएर माधव नेपाल असन्तुष्ट, ओली-दाहालको मनपरी स्विकार्य नहुने चेतावनी !



काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव समेटेर अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाईसकेको छ ।

प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल रुष्ट छन् । उनले आफूनिकट नेताहरुसँग प्रतिवेदन स्विकार्य नहुने भन्दै सचिवालयमा खरो रुपमा प्रस्तुत हुनेबारे जानकारी गराईसकेका छन् ।

कार्यदलमा नेता नेपालको कोटाबाट सहभागी सदस्यहरु डा. भीम बहादुर रावल र सुरेन्द्र पाण्डेको भूमिकालाई लिएरपनि नेता नेपाल असन्तुष्ट छन् । उनीहरुले मन्त्री बन्ने लोभमा विधि र प्रक्रियाको कुरा जोडदारसँग उठाउन नसकेको उनको गुनासो छ । हुन पनि पछिल्लो समय कार्यदलमा रहेका अधिकांश सदस्यहरु मन्त्रिमण्डल पूनर्गठन हुँदा मन्त्री बन्ने चर्चा चलिरहेको छ ।

नेता नेपालले एक व्यक्ति, एक मुख्य पदको एजेण्डा लागु गर्नुपर्ने, र विधि र पद्धतीअनुसार पार्टीलाई चलाउने कुरामा कुनै सम्झौता नहुने भन्दै आगामी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् । उनले आफूले सुरुदेखि नै पार्टी एकतालाई बलियो र सुदृढ बनाउनको लागि पहलकदमी लिएको, र विधि र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको पनि नेता नेपालले आफूनिकटहरुसँग बताउन थालेका छन् । उनले पार्टीमा अध्यक्षद्धय ओली र दाहालमात्रै मिलेर एकलौटी वा मनपरी गर्न खोजे ठीक नहुने पनि चेतावनी दिएका छन् ।

ओली-दाहालले पार्टी र सरकारबीचको काममा समन्वय गर्ने, कार्यदलको प्रतिवेदनको पूर्णपाठ

अध्यक्षद्धय ओली र दाहालबीच आज भेटवार्ता भएको थियो । विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक शनिबार बोलाउने सहमति भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot