Logo

एकपछि अर्काे भ्याक्सिन बनाउँदै रूस, अर्काे भ्याक्सिन लन्च गर्दै



९ भदौ। रुसले छिट्टै नै आफ्नो एउटा अर्काे भ्याक्सिन लन्च गर्ने भएको छ । पहिलो भ्याक्सिनमा जो साइड इफेक्ट देखिएको थियो, नयाँ भ्याक्सिनको डोजमा त्यस्तो नहुने दाबी गरिएको छ।

भ्याक्सिनमा प्रयोग गरिएको ड्रग रुसको टप सिक्रेट प्लान्टबाट मगाइएको बताइएको छ । ड्रग साइबेरियाको सोभियत बायोलोजिकल विपन्स रिसर्च प्लान्टबाट मगाइएको हो ।

उक्त भ्याक्सिनको नाम EpiVacCorona राखिएको छ। यसको ट्रायल सेप्टेम्बरमा पूरा हुने बताइएको छ । हालैमा रसियाले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन स्पुतनिक–भी लन्च गरेको थियो । उक्त भ्याक्सिनलाई रुसको रक्षा मन्त्रालय र गेमालिया रिसर्च सेन्टरले तयार गरेको थियो । यद्यपी उक्त भ्याक्सिन अधिक मात्रामा विवादमा रहेको छ ।

कुनै साइड इफेक्ट नभएको दाबी

रूसको दोस्रो भ्याक्सिन EpiVacCorona को पहिलो ट्रायल ५७ भोलुन्टियर्समा गरिएको हो । भोलुन्टियर्सलाई २३ दिनका लागि अस्पतालमा भर्ना गरिएको थियो । ट्रायलका क्रममा उनीहरुको परीक्षण गरियो । हालसम्म भएको ट्रायलमा कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

अक्टोबरमा रजिस्ट्रेशन र नोभेम्बरमा प्रोडक्सनको तयारी

भ्याक्सिनको लक्ष्य इम्यून रेस्पोन्सलाई देखाउनु थियो। यसका लागि १४ देखि २१ दिनमा भोलुन्टियर्सलाई भ्याक्सिनको दुई डोज दिइयो । रुसको अपेक्षा रहेको छ कि, भ्याक्सिन अक्टोबरसम्म रजिस्टर्ड गराइसकिनेछ र नोभेम्बरमा यसको उत्पादन सुरु हुनेछ ।

उक्त भ्याक्सिनलाई भेक्टर स्टेट रिसर्च सेन्टर अफ बायोलोजी एण्ड बायोटेक्नोलोजीका साथ मिलेर तयार गरिएको हो । यो विश्वको ती दुई प्रमुख संस्थानमध्येको एक हो, जोसँग ठेउलाको भ्याक्सिनको सबैभन्दा ठूलो स्टक रहेको छ । दोस्रो संस्थान अमेरिकामा रहेको छ ।-मेरोलागानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot