Logo

एकैदिन उपत्यकामा  २३२ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ५५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय ३२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार ३ सय   २७ जनाको पिसीआर परिक्षणमा  ८ सय  ५५ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ३१३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । काठमाडौं  उपत्यकामा २३२ जना थपिएका मध्ये काठमाडौंका  १९९ जना र ललितपुरका १९ जना र भक्तपुरका  १४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३३ हजार  ५ सय ३३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot