Logo

ब्राउन सुगरसहित पक्राउ



बर्दिया, १८ भाद्र । लागूऔषध ब्राउन सुगरसहित ईरसाद अहमद पक्राउ परेका छन् । गुलरिया नगरपालिका गणेशपुरचोकबाट भारत उत्तर प्रदेशका अहमदलाई ९.५८० मिलिग्राम ब्राउन सुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित खटिएको प्रहरीले भे.५ प ३९२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथमा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot