Logo

नेपालको शिक्षा क्षेत्रबारे बहस : नेपाली विद्यार्थीको भविष्य के होला ? (भिडिओसहित)



काठमाडौं, २३ भदौ । शिक्षाविद् बालचन्द्र लुईँटेलले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउनकै अवधिमा ल्याएको शिक्षा योजना कार्यान्वयनमा नगएको बताएका छन् । उनले भने, शिक्षा मन्त्रालयबाट आएको जुन योजना हो, त्यो स्थानीय निकायसम्म पुगेर कार्यान्वयन हुनुपर्ने हो । त्यो कार्यान्वयन भएको देखिएन् । अलमल देखियो ।’ उता, पायोनिर पब्लिक स्कुलका फाउण्डर प्रिन्सिपल तथा मनास्लु वल्र्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठले नेपालको निजी शिक्षा क्षेत्र अभिभावकविहीन भएको गुनासो पोखे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले नेपालको पछिल्लो शिक्षा अवस्थाबारे आ–आफ्नो भनाई राखेका थिए । प्रस्तुत छ लुईँटेल र श्रेष्ठसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओः



प्रतिक्रिया दिनुहोस्

Screenshot