Logo

ओलीले फुटाउलान् त यी मन्त्रालय ?



काठमाडौं, ११ असोज । मन्त्रीका आकांक्षी धेरै, मन्त्रालय २२ वटा । संविधान अनुसार २५ भन्दा बढी मन्त्री बनाउन मिल्दैन ।

सरकारमा हाल तीन मन्त्रालयमा मन्त्री छैनन् । शहरी विकासमा राज्यमन्त्री रामवीर मानन्धर छन् । अर्थ र सञ्चारमा मन्त्री छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैलाई चित्त बुझाउन कठिन छ । अब उनले अहिलेकै अवस्थामा तीनजना मन्त्री थप्न सक्छन् । राज्यमन्त्रीहरु हटाउनुपर्ने हुनसक्छ ।

अब तीन मन्त्रालय फुटाएर २५ बनाउने तयारी पनि भएको छ । भौतिक निर्माण तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिंचाई र उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको छ । भौतिक निर्माण र यातायात अलग मन्त्रालय बन्ने सम्भावना छ । उद्दोग र वाणिज्य तथा आपूर्ति अलग र ऊर्जा तथा जलस्रोत र सिंचाई मन्त्रालय पनि अलग हुनसक्छ ।

अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले छजना मन्त्री थप्न सक्छन् । तर, मन्त्रीको आकांक्षी धेरै भएकाले दुई वर्ष मन्त्री भइसकेकामध्ये अधिकांशलाई हटाएर कम्तिमा १० जना जति नयाँ मन्त्री बनाउने तयारी पनि भएको छ ।

मन्त्रीबाट हट्ने सम्भावितमध्ये अधिकांश पूर्व माओवादीका छन् । रोचक यो छ कि प्रधानमन्त्री ओलीले संकेतमा साथ दिएका पूर्व माओवादीलाई नै मन्त्री बनाउने सम्भावना छ । मन्त्री बन्ने सम्भावितमध्ये टोपबहादुर रायमाझी, जर्नादन शर्मा, पम्फा भुषाल सम्भावित छन् ।

पूर्व एमालेबाट विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, महेश बस्नेत, किसान श्रेष्ठ, जुली महतोलगायत मन्त्रीको दौडमा छन् । बामदेव गौतम र डा. नारायणकाजी श्रेष्ठ पनि मन्त्रीको दौडमा छन् । तर, उनीहरु मन्त्री बन्न संविधान बाधक बन्ने देखिदैछ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्

Screenshot