Logo

५० प्रतिशतभन्दा बढी संक्रमित उपत्यकामा



काठमाडौं, असोज १३ । केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् ।

उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ । ‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीले भने ।

डा। अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । नेपालको स्वास्थ्य प्रणाली कमजोर र सुरुवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्वसावधानी अपनाए मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन् । ‘सरकारले के गर्दैछ भन्दा पनि हामी स्वयंले सचेतता अपनाउनु जरुरी छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot