Logo

महानगरीय प्रहरीको चाडपर्वलक्षित ‘सेफ्टी पिन अभियान’



काठमाडौ, असोज १४। महानगरीय प्रहरी कार्यालयले नजिकिँदै गरेका चाडपर्वलक्षित उपत्यकामा सेफ्टी पिन अभियान थालेको छ । उपत्यकाका बढी भिडभाड हुने व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रमा अभियानअन्तर्गत सादा पोशाकमा ४५ प्रहरी खटाइने भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा पहिलो चरणमा प्रहरी परिचालन हुने जानकारी दिए । ‘सेङ्खटी पिन अभियान’अन्तर्गत खटिने प्रहरी सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा समेत खटिने छन् ।

यसैगरी, सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणका लागि प्रहरी परिचालित हुनेजनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot