Logo

‘राधे’को सुर्टिङमा फर्के सलमान खान



एजेन्सी, १९ असोज । बलिउड सुपरस्टार सलमान खान कोरोना भाइरसको बढ्दो प्रकोपकोबीच दोस्रोपटक काममा फर्केका छन् । भर्खर मात्र सलमान खानको लोकप्रिय शो ‘बिगबोस १४’ को धमाकेदार शुरुवात भएकोे थियो ।

शो सँगै सलमान खानले आफ्नो फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ पनि सुर्टिङ गरेका छन् । फिल्म सुर्टिङको सुरुवात भएको एक तस्वीर राख्दै सलमानले लेखेका छन, ‘साँढे ६ महिना पछि सुर्टिङको सुरुवात । धेरै राम्रो लागेको छ । ’ यसको साथमा उनले राधेको ह्यासट्यागको पनि प्रयोग गरेका छन् ।

तस्वीरमा सलमान खानले आफ्नो पिठ देखाएका छन् । उनले बाइकर ब्लैक ज्याकेट र डेनिम पाइन्ट लगाएका छन् । यो फिल्मको सुर्टिङ एनडी स्टुडियोमा भइरहेको छ । भारतीय समाचार अनुसार यो सुर्टिङ १५ दिनसम्म चल्नेछ । यसपछि यो टिम बान्द्रा स्थित महबुब स्टुडियोमा सुर्टिङको लागि जानेछ । सुरक्षालाई ध्यानमा राख्दै सुर्टिङ अवधिभर कुनै पनि सदस्यलाई बाहिरी मानिससँग भेट्ने अनुमति दिएको छैन् ।

फिल्म ‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका छन् । फिल्ममा सलमान खानको साथै रणदीप हुड्डा र अनन्या पान्डे पनि छन् । फिल्म सलमान खानका भाई अरबाज खानले बनाएका हुन् । यसमा अतुल अग्निहोत्रीको साथ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्