Logo

एशियाली शेयर बजार दुई साताकै उच्च विन्दुमा



काठमाडौँ, २० असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड–१९ को उपचारपछि अस्पतालबाट बिदा भई ह्वाइट हाउस गएको खबरको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। योसँगै मंगलबार एशियाली शेयर बजार दुई सातायताकै उच्च विन्दुमा पुगेको छ।

मंगलबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.७१ प्रतिशतले बढेर दुई सातायताकै उच्च विन्दुमा पुगेको छ। हङकङको नेतृत्व रहेको एचएसआई सूचक ०.८८ प्रतिशतले बढेको छ। यसैगरी जापानको निक्केई एन२२५ सूचकमा ०.४१ प्रतिशतको बढोत्तरी देखिएको छ।

यता एसएण्डपी ५०० ०.०८ प्रतिशतले बढेको छ। यसैगरी अस्ट्रेलियाको एएसएक्स २०० सूचक ०.१७ प्रतिशतले बढेको छ। जबकि चीनको शेयर बजार सार्वजनिक विदाका कारण बन्द रहेको छ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot