Logo

‘चीनभन्दा पहिले नै विश्वको अन्य भागमा कोरोना संक्रमण फैलिएको’ दाबी



एजेन्सी, २३ असोज । चीनभन्दा पहिले नै विश्वको अन्य भागमा कोरोना भाइरसको संक्रमण फैलिएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ । चीनले कोरोनाबारे पहिला जानकारी मात्र गराएको उसको दाबी रहेको छ । उसले वुआनस्थित प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण फैलिएको भन्ने अमेरिकी आरोप समेत अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङले नियमित प्रेस ब्रिफिङमा भने, ‘हामी सबैले बुझेका छौं कि महामारी विश्वरका धेरै स्थानमा गत वर्षको अन्ततिर फैलिएको थियो र चीन यसबारे जानकारी गराउने पहिलो देश थियो ।’ उनले चीनले बेलैमा यसबारे सँसारलाई जानकारी गराएको समेत बताए ।

चीनको वुआन शहरमा २०१९ को डिसेम्बरमा कोरोना भाइरस पहिलोपटक पत्ता लागेको थियो । यसले सँसारका ३ करोड भन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । दश लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot