Logo

सुधारका लागि अन्तर्राष्ट्रिय सहयोग



काठमाडौँ, असोज २४ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वव्यापी शान्ति सुव्यवस्थाका लागि बाङडुङ सम्मेलनले प्रतिपादन गरेका सिद्धान्त समयसापेक्ष र सांस्कारिक आदर्शका रूपमा रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको जारी ७५औँ साधारण सभाको अवसर पारेर शुक्रबार आयोजना गरिएको असलंग्न आन्दोलनको मन्त्री स्तरीय वार्षिक बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले असंलग्न आन्दोलनको आधारशीलाका रूपमा रहेको १० बुँदे सिद्धान्तको पालना अझै पनि महìवपूर्ण छ भन्नुभयो ।

वर्तमान अवस्थामा सबैभन्दा गरिब र सबैभन्दा कमजोर देश र जनतामा परेको कोभिड–१९ को प्रभावलाई जोड दिनुहुँदै उहाँले सुधारका लागि अझ बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री ज्ञवालीको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot