Logo

‘लकडाउन’ले ‘लक’ नभएको उद्योग



फूलबारी (कैलाली), कार्तिक ८। सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ ।

सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भनिन, “लकडाउनमा सबै कारोबार लक भए हामीले भने त्यो बेलासमेत धेरै टपरी बनायौँ । अहिले फेरि दशैँ, तिहारमा चाहिने दुना–टपरी बनाइरहेका छौँ । ”

उनले पुराना कुरा सुनाउँदै भनिन, “तीन वर्ष टपरीका बारेमा प्रचार गरिसकेपछि अहिले टपरी उद्योगले कमाइको लय समातेको छ । फाइबरभन्दा अर्गानिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पु¥याउनै गाह्रो छ । ” उनका अनुसार आजभोलि मःम, चाउमिन, अरू खालका नास्ता, खानाका लागिसमेत टपरी प्रयोग हुने गरेको छ ।

सुरुमा आफूलाई थोरैले मात्र पत्याएको बताउँदै उनले काठमाडौँ, डडेल्धुरा, महेन्द्रनगर, धनगढी र फूलबारीका विभिन्न व्यवसायीले अहिले आफ्नो टपरी लैजान थालेको बताईन् ।

विदेशमा कार्यरत श्रीमानले समेत ‘टपरीसितै बिहे गर, मैले डिभोर्स गरेँ’ भनेर दुईपटक फोनमा भनेको स्मरण गर्दै भावनाले आफू महोत्सवहरूमा उद्योगीका रूपमा सम्मानित हुन थालेपछि भने श्रीमान् सकारात्मक भई नेपाल आएर घरमा म अरू नै व्यवसाय गर्छु भन्न थालेको उनको भनाई छ ।

“त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु । म अब यो व्यवसायमा भिजिसकेकी छु,” उनले बताएको रहेछिन् ।वातावरण र स्वास्थ्यमा कुनै खालको असर नपार्ने भएपछि आजकल जताततै टपरी रुचाउन थालिएको छ ।

त्यसैले बजारको समस्या पनि छैन । त्यसै हुँदा पहिलो वर्ष घाटा नभएको, दोस्रोमा दुई लाख जति बचत भएको र तीन÷चार लाखको टपरी त गोदाममै रहेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot