Logo

विश्व च्याम्पियन धावक कोलम्यानलाई प्रतिबन्ध



एजेन्सी, १२ कात्तिक । एक सय मिटर दौडका विश्व च्याम्पियन धावक क्रिस्चियन कोलम्यानमाथि प्रतिबन्ध लागेको छ । तीन पटक डोपिङ टेष्टमा असफल भएपछि उनीमाथि दुई वर्षको प्रतिबन्ध लागेको हो ।

२४ वर्षीय अमेरिकी धावकले अर्को वर्ष हुने टोकिया ओलम्पिक गुमाउनेछन् । उनले यसमा अपिल गर्ने बताइएको छ ।

कोलम्यान २०१९ को विश्व च्याम्पियनशिपका विजेता हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot