Logo

खोरमा कौडा खेल्ने २४ पक्राउ



चितवन, २७ कात्तिक । कौडा खेलिरहेका २४ जनलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरको कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा क्षेत्री लगायत २४ जना बुधबार राति पक्राउ परेका हुन् ।

कौडा खेलीरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot