Logo

ओलीको पत्रमाथि प्रचण्डको कडा प्रत्युत्तर



काठमाडौ, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्रबारे छलफल भएको छ । बैठकमा ओलीको पत्रमा प्रचण्डले प्रत्युत्तर प्रस्तुत गरेको बुझिएको छ ।

ओलीले आफूविरुद्ध घेराबन्दी भएको विषयसहित प्रचण्डलाई सम्बोधन गरी पत्र पठाएका थिए । पत्रमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ लेखिएको थियो । त्यसको प्रत्युत्तरमा प्रचण्डले पार्टी विधि पद्धति विपरितका काम भएका विषय उल्लेख गरेको बुझिएको छ ।

नेकपा उच्च स्रोतका अनुसार राजदूत नियुक्ति, नयाँ मन्त्री नियुक्तिका विषयमा पार्टीलाई बेवास्ता गरिएको प्रचण्डको प्रत्युत्तर पत्रमा उल्लेख छ । कर्णाली प्रदेशको विवाद, वीरगञ्जमा मुकेश चौरसिया हत्यालगायतमा ओली पक्षको भूमिकामाथि प्रश्न उठाइएको छ । ओलीमाथि पार्टीलाई एकतावद्ध गर्न गम्भीर नभएको आरोप समेत लगाइएको छ ।

ओली र प्रचण्डको पत्र र प्रत्युत्तर पत्रमा एक अर्काको कार्यशैलीको गम्भीर आलोचना गरिएको छ । बैठकमा केहीबेर चर्का कुरा भएपछि ३ मंसिर बस्ने गरी टुंगाइएको बुझिएको छ ।

नेकपा सचिवालय बैठकलगत्तै सचिवालयका ६ सदस्यको अलग्गै बैठक बसेको छ । ओलीको पत्र, विचार र भावी रणनीतिबारे छलफल गर्न प्रचण्डसहितका छ सदस्य बैठक बसेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot