Logo

मेडभेडेभलाई एटीपी टेनिसको उपाधि



एजेन्सी, ८ मंसिर । रुसी खेलाडी डानिल मेडभेडेभले एटीपी टेनिसको उपाधि जितेका छन् । उनले फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गरी उपाधि जितेका हुन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा मेडभेडेभले पहिलो सेट ४-६ ले गुमाएपनि बाँकी दुई सेट जितेर उपाधि हात पारेका थिए । दोस्रो सेटमा पनि उनी पछि परेका थिए । तर, ७-६ ले जिते । तेस्रो सेट ६-४ ले जिते ।

यसपटक उपाधि जित्न मेडभेडेभले विश्व नम्बर एक जोकोभिच, नम्बर दुई राफेल नाडाल र तीन थिमलाई जितेका हुन् । योसँगै उनले आफूलाई टेनिस स्टारका रुपमा स्थापित गरेका छन् । उनी अहिले विश्व वरियतामा चौंथो नम्बरमा छन् ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot