Logo

के आउला ओलीको प्रस्तावमा ?



काठमाडौं, मंसिर १३ । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव पेस गर्ने कार्यसूची छ। अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले ओलीलाई आरोपित गरी कात्तिक २८ गते छुट्टै प्रस्ताव ल्याएका थिए।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्ताव तयार भइसकेको जानकारी दिए। ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव तयार पारिसक्नुभएको छ। प्रधानमन्त्रीले आफैं आफ्नो प्रस्ताव तयार पार्ने कुरा गर्नुभएको थियो’, उपप्रधानमन्त्री पोखरेलले अन्नपूर्ण पोस्ट्सित भने, ‘अर्का अध्यक्षले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएर उहाँको प्रस्ताव आउँछ।’

ओलीको प्रस्ताव सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउने र एकतालाई अक्षुण्ण राख्ने साथै पहिला नै तोकेअनुसार महाधिवेशनको टुंगो लगाउनेजस्ता विषयमा केन्द्रित रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot