Logo

सचिवालयमा ओलीले चेतावनीका साथ भनेः मलाई हटाउन खोजे पार्टी र देश बर्बाद हुन्छ



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आजको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत भए । उनले आफूलाई हटाउने प्रयास भइरहेको र त्यस्तो प्रयास भएमा देश र पार्टी बर्बाद हुने सुनाए । उनले चेतावनीका साथ प्रधानमन्त्रीबाट हटाउन आमचुनाव पर्खन भने ।

‘म अहिले प्रधानमन्त्री छाड्दिनँ,’ ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी सचिवालय सदस्यले भने, आम चुनाव सम्म पर्खनु, म प्रधानमन्त्री छाड्छु । उनले देशमा अनेकन षड्यन्त्रहरु भइरहेको व्याख्या गरे । देशलाई बर्बाद पार्ने खेलहरु भइरहेको सुनाउँदै भने, ‘आमचुनाव नपर्खी मलाई हटाउन खोजे पार्टी र देश बर्बाद हुन्छ ।’

उनले पार्टी अध्यक्षबाट आफूलाई छाड्न लगाउन महाधिवेशन कुर्नुपर्ने बताए । उनले भने, ‘अध्यक्ष बन्न महाधिवेशन पर्खने, प्रधानमन्त्री बन्न आमचुनाव पर्खने । योबाहेक कुनै विकल्प छैन ।’ उनले अध्यक्ष र प्रधानमन्त्री पदमा कुनै सम्झौता नहुने स्पष्ट पारे । त्यसबाहेकमा कुरा गर्न सकिने र लचिलो हुन सकिने बताए । आफूलाई जर्बजस्ती हटाउन दबाब दिने गतिविधि नगर्न समेत चेतावनी दिए । उनले घुमाउरो शैलीमा प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजे गम्भीर परिणाम आउनसक्ने संकेत समेत गरे ।



प्रतिक्रिया दिनुहोस्