Logo

ब्राउनसुगरसहित पक्राउ



काठमाडौं, २३ मंसिर । अवैध लागूऔषध सहित ४२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर गैरीगाउँबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित भारत दार्जिलिङ पानी ट्याङ्कीका गंगु सुब्बा पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र सशस्त्र प्रहरी बल काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

साथै उक्त ब्राउनसुगर खरिद गर्ने झापा बुद्धशान्ति गाउँपालिका–३ बस्नेका दिलिप कुमार राजबंशीलाई भारतीय रुपैया २१ हजार सहित प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot